PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रचण्ड गृहजिल्ला चितवन जाँदै



प्रचण्ड गृहजिल्ला चितवन जाँदै

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवन जाने भएका छन्।

बाढी पहिरो, कोरोना महामारीलगायतका विषयमा जानकारी लिन प्रचण्ड चितवन जान लागेको उनका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्। बाढी पहिरो, कोरोना महामारी लगायतका विषयमा चितवन जान लागेको उनले बताइन्।

'अध्यक्ष कमरेड प्रचण्ड चितवन जादै! प्राकृतिक प्रकोपहरु बाढीपहिरो, कोरोना महामारीलगायत क्षेत्रका जनताको अवस्था बुझ्न आफ्नो गृहजिल्ला चितवन जाने कार्यक्रम रहेको छ, उनले फेसबुकमा लेखेकी छिन्।

नेकपाले बाढीपहिरोलगायतका विपत्तिमा उद्धार र राहतका लागि भन्दै स्थायी कमिटी बैठक एक साता पर सारेको छ। शुक्रवारका लागि तय भएको बैठक साउन दुई गतेसम्मका लागि स्थगित गरिएको छ। केही दिन यता निरन्तर परेको बर्षाले देशका विभिन्न भागमा बाढी पहिरो गएको छ।

यसबीचमा पार्टी देखिएको किचलो समाधानका लागि दुई अध्यक्षलाई समय दिइएको नेताहरु बताउँछन्। केही दिन निरन्तर संवादमा जुटेका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बुधवार यता भेटघाट हुन सकेको छैन।

बुधवार भएको भेटपछि प्रचण्डलले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई ओली सहमतिमा आउन नचाहेको बिफ्रिङ गरेका थिए। त्यसयता दुई अध्यक्ष भेट हुन सकेको छैन।

स्थायी कमिटी बैठकमा ओलीको राजीनामा मागिएपछि पार्टी फुटको संघारमा पुगेको निश्कर्ष निकालिएको थियो। स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्मन्त्री शंकर पोखरेलले पार्टी फुटबाट जोगिएको बताएका छन्।

पोखरेलले शुक्रवार सामाजिक सञ्जालमा उनी लेख्छन्, 'पार्टी एकतालाई दुर्घटनामा पर्नबाट जोगाउँदै सम्वादको प्रकृयालाई अघि बढाउन भूमिका खेल्नु हुने सबै धन्यवादको पात्र हुनुहुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell