PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक नवीन सिंहलाई जनकपुरमा सम्मान



सुमित मिश्र

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक नवीन सिंहलाई जनकपुरमा सम्मान

जनकपुरधाम : राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक नवीन सिंहलाई जनकपुरमा सम्मान गरिएको छ। सिंहलाई जिल्ला क्रिकेट संघ धनुषाले सम्मान गरेको हो।

क्रिकेट संघले शनिबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सिंहलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

जनकपुरमा क्रिकेटलाई जीवन्त बनाउन अहोरात्र सेवा गरेको र अवकाशपछि पनि क्रिकेटमा लाग्न हौसला बढाएकोमा सम्मान गरिएको क्रिकेट संघका उपाध्यक्ष शोभाकान्त पाण्डेले बताए।

प्रशिक्षक सम्मान कार्यक्रममा मन्त्री यादवले समय अनुकूल खेलकुदको व्यवस्थापन नहुँदा राष्ट्रिय खेलकुदमा जनकपुरको प्रभाव घटेको बताए। मुलुकमा भ्रष्टाचार घटाउन पनि खेलकुदको विकास आवश्यक रहेको मन्त्री यादवले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell