PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ऐश्वर्या राय बच्चन र छोरी आराध्यामा पनि देखियो कोरोना संक्रमण



ऐश्वर्या राय बच्चन र छोरी आराध्यामा पनि देखियो कोरोना संक्रमण

ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिवार अमिताभ बच्चन र अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्टि भएपछि पूरै बच्चन परिवारको परीक्षण गरिएको थियो। त्यसक्रममा ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको भारतीय संचारमाध्यमले जनाएका थिए।

यता, आइतबार आएको दोस्रो रिपोर्टमा भने ४६ वर्षीया ऐश्वर्या र ८ वर्षीया आराध्यामा पनि कोभिड १९ देखिएको हो।

महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले उनीहरु संक्रमण देखिएको पुष्टि गरेका हुन।

जया बच्चनको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell