PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोरोना संक्रमितको संख्या बढेसँगै दक्षिण अफ्रिकामा मदिरा बिक्रीमा लगाइयो प्रतिबन्ध



कोरोना संक्रमितको संख्या बढेसँगै दक्षिण अफ्रिकामा मदिरा बिक्रीमा लगाइयो प्रतिबन्ध
Photo : AFP

दक्षिण अफ्रिकामा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै मदिरा बिक्री वितरणमा रोक लगाएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले मदिरा प्रतिबन्धबाट संक्रमण रोक्न सहयोगी हुने र देशको स्वास्थ्य क्षेत्र बलियो हुन सक्ने आशा व्यक्त गरेका छन्।

लकडाउन खुकुलो भएसँगै मदिरा सेवन गर्नेको संख्या र हिंसात्मक झडपपनि बढेको प्रहरीले जनाएको छ। मदिरा प्रतिबन्ध लगाएपछि दक्षिण अफ्रिकामा हिंसात्मक झडप रोकिने र एमर्जेन्सीमा आउने मानिसको संख्या कम हुने विश्वास गरिएको छ।   

साथै, दक्षिण अफ्रिकाभर राति कर्फ्यू लागू गरिएको छ। सागै घरबाहिर मास्क लगाउन अनिवार्य गरिएको छ।

अफ्रिकी अधिकारीहरुका अनुसार हालसम्म भाइरसको संक्रमणबाट ४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। संक्रमणको अवस्था यस्तै रहे यो वर्षको अन्त्यसम्म ५० हजारजनाको मृत्यु हुन सक्ने आंकलन गरिएको छ।

रामापोसाले केहीले भाइरसको संक्रमणबाट बच्न र रोक्न प्रभावकारी कदम चालेको तर केही भने अटेर गर्दै हिँडेको भन्दै अब सबै सतर्क हुनुपर्ने अवस्था आएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell