PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

१३ हजार घुस रकमसहित मालपोत कार्यालय सप्तरीका नासु पक्राउ



सुमित मिश्र

१३ हजार घुस रकमसहित मालपोत कार्यालय सप्तरीका नासु पक्राउ

जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहँदा मालपोत कार्यालय सप्तरीका एक कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ।

सप्तरीको राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयबाट नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई १३ हजार घुस रकमसहित इटहरीबाट खटिएको आयोगको टोलीले पक्राउ गरेको हो।

नायब सुब्बा ठाकुरले जग्गासम्बन्धी काम गराउन घुस मागेका र उनलाई कार्यकक्षबाटै सेवाग्राहीसँग १३ हजार घुस रकम लिँदै गर्दा पक्राउ गरिएको आयोगले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell