जनकपुरधाम : सिरहामा ५ लाख कमिसन रकमको साथमा मेयरका छोरासहित दुई जनालाई अख्तियारले रंगेहात पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले लाहान-२२ को राजदेवी चोक नजिक रहेको एक पेट्रोल पम्पमा कमिसन लेनदेन गरिरहेकै बेला कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल र जितेन्द्र महतोलाई पक्राउ गरेको हो।
डीएसपी मधु कुमार थापाको कमान्डमा खटिएको टोलीले बुधवार दिउँसो दुवै जनालाई पक्राउ गरेको हो। कल्याणपुरका मेयर मण्डलले डीपीआर गरेका सेवाग्राहीलाई भुक्तानी गरिदिने भन्दै ५ लाख कमिसन मागेका थिए।
उक्त रकम लिन पुगेका उनका छोरा घुससहित रंगेहात पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले जानकारी दिएको छ।