PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खोलिए ४४ वटा ढोका



सुमित मिश्र

सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खोलिए ४४ वटा ढोका

जनकपुरधाम : सप्तकोशी नदीमा पानीको बहाव क्रमश बढ्दै गएपछि ५६ मध्ये ४४ ढोका खोलिएको छ। अविरल वर्षाका कारण अहिले कोशी नदीमा पानीको बहाव यो वर्षकै सबभन्दा उच्च रहेको छ।

कोशी ब्यारेज कन्ट्रोल रुमकाअनुसार ३ लाख २७ हजार क्यूके पानीको बहाव मापन गरिएको छ।  पानीको बहाव बढेसँगै आसपासका क्षेत्रहरुमा उच्च सतर्कताको लागि अपिलसमेत गरिएको छ। ४४ वटा ढोका(फाटक) खोलिएपछि कोशी ब्यारेज कन्ट्रोल रुमले जलसतहले सतर्कता पार गरेको भन्दै हाई एलर्ट जारी गरेको छ।   

कन्ट्रोल रुमले नदीले सतर्कता पार गर्न सक्ने भन्दै करिब २ दिनअघि देखिनै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell