PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

६४ वर्षीय कोरोना संक्रमितको मृत्यु, ४१ पुग्यो मर्नेको संख्या



सुमित मिश्र

६४ वर्षीय कोरोना संक्रमितको मृत्यु, ४१ पुग्यो मर्नेको संख्या

जनकपुर : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट महोत्तरीका एक जनाको मृत्यु भएको छ। महोत्तरीको ३ मडैका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

सामान्य विरामी भएर उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेका महोत्तरीका ६४ वर्षीय जेष्ठ नागरिकको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएपछि साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनको गए राती निधन भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए। नेपालमा कोरोना संक्रमितको यो ४१ औं निधन हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell