PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

मर्मत गर्न जनप्रतिनिधिले चासो नदेखाएको भन्दै स्थानीयले हिलाम्य बाटोमै रोपे धान



सुमित मिश्र

मर्मत गर्न जनप्रतिनिधिले चासो नदेखाएको भन्दै स्थानीयले हिलाम्य बाटोमै रोपे धान

जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिका-८ स्थित भतहि सडकखण्डमा वर्षातको मौसम शुरु भएसँगै हिलाम्य भई आवतजावतमा समस्या उत्पन्न भएपछि विरोध स्वरूप स्थानीयवासीले सडकमै धान रोपेका छन्।

भतहिस्थित हिलाम्य सडकमा उनीहरूले धान रोपेर विरोध जनाएका हुन्। सडक हिलाम्य भएर आवागमनमा सास्ती हुँदा समेत जनप्रतिनिधिले बाटो मर्मतमा कुनै चासो नदेखाएपछि सांकेतिक विरोध स्वरूप हिलाम्य बाटोमै धान रोपिएको स्थानीयले बताएका छन्।

स्थानीय सोनु साहले भने, ‘सडक मर्मतका लागि मेयर रामज्ञान मण्डल र वडाध्यक्ष जिवछ मण्डललाई पटक पटक जानकारी गराउँदा समेत उनीहरुले कुनै सुनुवाइ गरेका छैनन्। सोही सडकखण्ड हुँदै गाउँका बासिन्दालाई आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ।’

वर्षायाम शुरु भएकोले सडक हिलाम्य बनेको उनको भनाइ छ।

उनीहरुले नगरपालिकाका जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउनका लागि आफुहरुले बाटोमै धान रोपेको बताएका छन्। बाटो बनाईदिने प्रतिबद्धताका साथ चुनाव जितेका जनप्रतिनिधिहरुले अहिलेसम्म बाटो नबनाएकोमा त्यहाँका युवाहरुले बाटोमा धान रोपेर समस्यालाई सार्वजनिक गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell