PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

धनुषामा चिताबाट प्रहरीले उठायो शव, पोस्टमार्टमका लागि लगियो अस्पताल



सुमित मिश्र

धनुषामा चिताबाट प्रहरीले उठायो शव, पोस्टमार्टमका लागि लगियो अस्पताल

जनकपुरधाम : धनुषामा जलाउन लागिएको शवलाई प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ।

धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ कचहरी टोल बस्ने ८० वर्षीय राम विलास ठाकुरको शवलाई बटेश्वरको बडहरी खोलामा जलाउने तयरीबीच चिताबाट नियन्त्रणमा लिइएको हो।

ठाकुरको परिवारका सदस्यले शुक्रवार राती लडेर गम्भीर घाइते भई उपचारको लागी नजिकै रहेको क्लिनिकमा लग्दा त्यहि उनको मृत्यु भएको बयान दिएका छन्। तर, मृतक ठाकुरको जिउमा निलडाम र टाउकोमा रगत जमेको हुँदा घटना शंकास्पद देखिएको र उनको हत्या गरिएको हुनसक्ने भन्दै प्रहरीले शव नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले ठाकुरलाई कुटपिट गरी हत्या गरेको जानकारी र आशंकाका आधारमा शव नियन्त्रणमा लिएको जनाएको छ।

ठाकुरको शवलाई पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल जनकपुर पठाईएको छ। घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक पप्पु नायकले बताए।

जलाउँदै गर्दा ठाकुरको शव प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell