PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

ब्रोडकास्टर रेगिस फिलबिनको निधन, ट्रम्पलाई राष्ट्रपति बन्न गरेका थिए प्रेरित



ब्रोडकास्टर रेगिस फिलबिनको निधन, ट्रम्पलाई राष्ट्रपति बन्न गरेका थिए प्रेरित
Photo : Reuters

अमेरिकन ब्रोडकास्टर रेगिस फिलबिनको निधन भएको छ। ‘लाइभ विथ रेगिस’ कार्यक्रम संचालन गरेपछि चर्चित बनेका ८८ वर्षीय रेगिसले सन् २०११ मा उक्त शो संचालन गर्न छाडेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेगिसको मृत्युमा दु:ख व्यक्त गरेका छन्। ट्रम्पले रेगिसले अमेरिकी राष्ट्रपति निर्वाचनमा लड्न आफूलाई प्रेरित गरेको बताएका छन्।

रेगिसले तीनपटक डे टाइम एम्मी अवार्ड प्राप्त गर्नुका साथै लाइफटाइम अवार्डसमेत पाएका थिए। सन् २००३ मा रेगिसलाई हलिउड व्ल्क अफ फेम स्टार र २००६ मा टेलिभिजन हल अफ फेम सम्मान प्रदान गरिएको थियो।

रेगिसले गिनिज व्लर्ड रेकर्डमा समेत नाम लेखाएका छन्। अमेरिकी टेलिभिजन इतिहासमा सबैभन्दा लामो समय प्रस्तुती दिएको कीर्तिमान उनको नाममा छ। उनले ५२ वर्षको करियरमा १६ हजार ७ सय ४६ घण्टा टेलिभिजनमा प्रस्तुती दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell