PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

फरार रहेका डाँका मुद्दा र बैंकिङ कसुरका दोषी पक्राउ



सुमित मिश्र

फरार रहेका डाँका मुद्दा र बैंकिङ कसुरका दोषी पक्राउ

जनकपुरधाम : प्रहरीले डाँका मुद्दाका एक फरार दोषीलाई जनकपुरबाट १२ वर्षपछि पक्राउ गरेको छ। बाह्र वर्षअघि जनकपुरमा भएको डाकैतीमा संलग्न जनकपुरधाम-७ बस्ने बैजु साहलाई प्रहरीले पक्राउ गरेको हो।

जनकपुरधाम-८ स्थित जीवनाथ चौधरीको घरमा २०६५ भादौ १५ गते डाँकामा साह संलग्न रहेको धनुषा जिल्ला अदालतले करिब डेढ वर्षअघि फैसला गरेपनि साह पक्राउ परेका थिएनन्।

जनकपुरमा बैजु मधेशी नामले समेत चिनिने उनलाई अदालतले ६ वर्ष कैद र ९ लाख ४५ हजार ४५० रुपैयाँ जरिबाना तोकेको छ।

डाँका मुद्दामा दोषी सावित भएर फरार रहेका साहलाई जनकपुरधाम-७ जिरोमाइलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यसैगरी, बैंकिङ कसुर मद्दामा दोषी सावित भइ फरार रहेका अर्का एक जनालाई समेत प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय उपेन्द्र मिश्र रहेको प्रहरीले जनाएको छ।

तेजनारायण ईसर केवटले दिएको जाहेरीमाथि भएको सुनवाइमा उच्च अदालत जनकपुरले मिश्रलाई दोषी ठहर गर्दै ९ लाख ९० हजार जरिबाना र १५ दिन कैद सजाय सुनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell