PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले गर्‍यो थप सात करोड वजेट निकासा



सुमित मिश्र

कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले गर्‍यो थप सात करोड वजेट निकासा

जनकपुरधाम : प्रदेश नम्बर २ मा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि नियन्त्रणको लागि प्रदेश सरकारले थप सात करोड वजेट निकासा गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोभिड अस्पताल निर्माण तथा हाल सञ्चालनमा रहेका आइसोलेसनहरुको थप व्यवस्थापन, बिरामीहरुको खाना खाजा, बेड संख्यामा वृद्धिको लागि सात करोड निकासा गरेको जनाएको छ।

आजको निर्णय अनुसार बाराको सिमरामा कोभिड अस्पताल निर्माणको लागि १ करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शव वाहन तथा एम्बुलेन्स खरिदको लागि १ करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाहीमा आइसोलेसन व्यवस्थापनका लागि ७५/७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाको लागि ५०/५० लाख निकासा गरिएको छ।

आवश्यकताको आधारमा जिल्लाहरु बाट माग भए बमोजिम थप रकम व्यवस्थापन गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell