PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

सरला गौतमको पहिलो साहित्यिक कृति ‘डुमेरो’ सार्वजनिक



सरला गौतमको पहिलो साहित्यिक कृति ‘डुमेरो’ सार्वजनिक

काठमाडौं : सरला गौतमको पहिलो साहित्यिक कृति सार्वजनिक भएको छ। नेपालयको प्रकाशनमा गौतमको उपन्यास ‘डुमेरो’  सार्वजनिक गरिएको हो। सानो शहरमा हुर्किएकी एउटी किशोरीले ठूलो संसारमा प्रवेश गर्दैगर्दा पहिचान खोज्दाको कथालाई उपन्यासमा प्रस्तुत गरिएको छ।  

सामाजिक र राजनीतिक विषयहरूमाथि आलोचनात्मक टिप्पणी गर्दै आएकी गौतमले पत्रकरिताबाट आफ्नो लेखकीय जीवन आरम्भ गेरकी हुन्।

उपन्यासकार गौतम आफ्नो कृतिको शीर्षक बारे भन्छिन्, ‘यसको अर्थ गहन छ । महिलाको पहिचानलाई घरेलुपनले सधैँ बन्धनमा पारेको हुन्छ। तर अब हामी इतिहासको मध्य मोडमा उभिएका छौंस जहाँ पुरुष र महिला लिंगको आधारमा मात्र परिभाषित हुने बेला छैन। अबको पुस्ताले अघिल्ला पुस्ताजस्तो किटान गरेर आफ्नो गन्तब्य तय गर्न सक्तैन। हाम्रा चुनौती अमुर्त छन्, संघर्ष नौला छन्। यस्तै चुनौती र संघर्षमा जेलिएको एक आम पात्रको कथा हो डुमेरो।’

‘डुमेरो’ को बजार मूल्य ४९५ रुपैयाँ रहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell