
हङकङ सरकारले यही वर्षको सेप्टेम्बरमा तय भएको संसदीय निर्वाचन एक वर्षपछि सार्ने निर्णय गरेको छ। कोरोना भाइरसको संक्रमणबाट जुधिरहेको हङकङले भाइरसको कहरलाई मध्यनजर गर्दै निर्वाचन सार्ने निर्णय गरेको बताइएको छ।
विपक्षीहरुले भने कोरोनाको नाममा नागरिहरुलाई मतदानको अधिकारबाट बञ्चित बनाउन यो निर्णय गरिएको आरोप लगाएका छन्।
बिहीवार हङकङ सरकारले चीनबाट स्वतन्त्र हुनुपर्ने भन्दै आन्दोलन गरिरहेक १२ जनालाई निर्वाचनमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाएको थियो।
सरकार विरुद्ध प्रदर्शन गर्दै आइरहेका प्रो डेमोक्रेटिक समूहहरुले सेप्टेम्बरमा हुने संसदीय निर्वाचनमा बहुमत ल्याउने दाबी गर्दै आएका थिए। गत वर्ष भएको जिल्ला काउन्सिल निर्वाचनमा प्रो डेमोक्रेटहरुले १८ काउन्सिलमध्ये १७ वटा काउन्सिलमा जित हासिल गरेको थियो।