PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

पोर्चुगलमा रेल दुर्घटना: दुईजनाको मृत्यु, ३० जना घाइते



पोर्चुगलमा रेल दुर्घटना: दुईजनाको मृत्यु, ३० जना घाइते
PHOTO : EPA

पोर्चुगलमा रेल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। तिब्र गतिमा सउरी शहरबाट उत्तरतर्फ गइरहेको बेलामा उक्त रेल ‘ट्रेन मेन्टेनेन्स मेसिन'सँग ठोक्किएपछि दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ। दुर्घटनामा ३० जना घाइते भएका छन्।

पोर्चुगलको सबैभन्दा तिब्र रेल मानिने अल्फा पेन्डुलर’ रेलमा २४० यात्रु सवार रहेका थिए। हाल उद्धार कार्य जारी रहेको छ। दुर्घटनाको कारणबारे अधिकारीहरुले अनुसन्धान सुरु गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell