PahiloPost

Jul 1, 2025 | १७ असार २०८२

झण्डै ७ हजारको परीक्षण गर्दा ३ सय १५ जनामा कोभिड-१९ पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?



झण्डै ७ हजारको परीक्षण गर्दा ३ सय १५ जनामा कोभिड-१९ पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?

काठमाडौं : शनिवार ३ सय १५ जना कोभिड १९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३ सय १५ जना थपिएर कुल संक्रमित संख्या २० हजार ८६ पुगेको बताए।

६ हजार ९ सय ९३ जनामा परीक्षण गर्दा ३ सय १५ जना थपिएका हुन्। शनिवार ९३ जना डिस्चार्ज भएका छन्। जम्मा डिस्चार्ज हुनेहरुको संख्या १४ हजार ४ सय ९२ पुगेको छ। ५ हजार ३ सय ३८ संक्रिय संक्रमित छन्।

कुन जिल्लामा कति थपिए संक्रमित?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरीएको पीसीआरमा सुनसरीका १ जना तथा कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १, इलामका १७ र सिरहाका ५ जनामा संक्रमण देखिएको हो। प्रादेशिक अस्पताल विराटनगरमा झापाका १, इलामका ५, उदयपुरका १ र मोरङका २ जनामा संक्रमण पुष्टि भएको छ।

गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको पीसीआरमा सप्तरीका ७ जना तथा नारायणी अस्पतालमा भएको परीक्षण गर्दा बाराका १, पर्साका ६२, रौतहटका १ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बझाङका ४३ जना, अछामका २८,  कैलालीका ९ कञ्जनपुरका ८ र काठमाडौंका २ जनामा संक्रमण पुष्टि भएको छ। धुलिखेल अस्पताल धुलिखेलमा कैलालीका २७, काभ्रे १ र रामेछापका २ जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपाल प्रहरी अस्पतालमा काठमाडौंका १, स्टार अस्पतालमा पर्साका ३, नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा काठमाडौंका २ भक्तरका १ र पर्साका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।

प्रादेशिक क्षयरोग प्रयोगशाला पोखरामा कास्कीका १, लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलमा रुपन्देहीका २ तथा सुर्खेत प्रादेशिक प्रयोगशालमा सल्यानका १ जनामा संक्रमण पुष्टि भएको हो।

सेती अस्पताल धनगढीमा बझाङका २५, कैलालीका ५३ र कञ्चनपुरका १ जनामा पनि संक्रमण पुष्टि भएको गौतमले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell