PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

कोभिड १९ संक्रमण बढ्दै गएपछि प्रदेश २ को पाँच सहर र एक जिल्लामा निषेधाज्ञा



सुमित मिश्र

कोभिड १९ संक्रमण बढ्दै गएपछि प्रदेश २ को पाँच सहर र एक जिल्लामा निषेधाज्ञा

जनकपुरधाम : पछिल्ला समय प्रदेश २ को विभिन्न स्थानमा कोभिड १९ को संक्रमण फैलिन थालेपछि विभिन्न सहरहरुमा निषेधाज्ञा जारी गरिएको छ। प्रदेश २ को ५ सहर र १ जिल्लामा निषेधाज्ञा जारी गरिएको हो।

प्रदेश २ को पूर्वी सिमानामा पर्ने सप्तरी जिल्लाको सदरमुकाम राजविराज, प्रदेशको अस्थायी राजधानी जनकपुरधाम, महोत्तरीको जलेश्वर, रौतहटको गौर, बाराको कलैया र पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।

समुदायस्तरमा संक्रमण देखिन थालेपछि थप संक्रमण रोक्न निषेधाज्ञा जारी गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए। समुदायस्तरमा संक्रमणको आशंकापछि जिल्ला प्रशासन कार्यालय धनुषाले आज राति १२ बजेदेखि सात दिनसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।

यसैगरी महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा पैकौलीस्थित रणभीम गण र दक्षिणमा रातोपुल चारकिलाको क्षेत्रमा पाँच दिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ। त्यस्तै जिल्लाको महोत्तरी गाउँपालिका ३ र ५ वडामा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ।

प्रशासनले निषेधाज्ञा अवधिमा ‘मास टेस्टिङ’ तीव्रता दिने निर्णय गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए। कोरोना संकट व्यवस्थापन केन्द्रले महोत्तरीको १५ ओटै स्थानीय तहमा पीसीआर परीक्षण गर्ने निर्णय समेत गरेको कटुवालले जानकारी दिए। कटुवालले भने, ‘महोत्तरीको सबै पालिकामा नमूना मुलक पीसीआर परीक्षणको रिपोर्टपछि संक्रमण अवस्थाको मानचित्र अनुसार अगाडिको कदम चलाइनेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell