PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

साँगाबाट उपत्यका प्रवेश गर्ने १३ जनामा देखियो कोरोना संक्रमण



साँगाबाट उपत्यका प्रवेश गर्ने १३ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं : काठमाडौं उपत्यका प्रवेश गर्ने पूर्वी नाका साँगाबाट एकसातामा उपत्यका प्रवेश गरेकाहरु मध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले लकडाउनको अन्त्यपछि उपत्यका प्रवेश नाकाहरु साँगा, फर्पिङ र थानकोटबाट उपत्यका प्रवेश गर्ने यात्रुको स्वाब संकलन गरेको थियो। साँगा नाकामा मात्रै तीन हजार ४८२ यात्रुको स्वाब संकलन गरिएको थियो। पीसीआर परीक्षणका क्रममा १३ मा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार तीन नाकाबाट करिब दश हजार यात्रुको स्वाब संकलन गरिएको थियो। 

तीन नाकामा संकलित स्वाबको वीर अस्पताल, शिक्षण अस्पताल तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गरिएको थियो।  टोलीका सदस्य खेमराज सापकोटाले तीन नाकामा एक साता यात्रुको स्वाब संकलन गरिएको बताए।

भने, ‘हामीले १० हजार यात्रुको स्वाम्प्लिङ टेष्ट गर्ने योजना बनाएका थियौँ। टार्गेट पूरा भएपछि स्वाब संकलन कार्य बन्द गर्‍यौं।’

लकडाउन अन्त्यपछि कोरोनाको संक्रमण दर पत्ता लगाई सरकारलाई कोरोना संक्रमण न्यूनीकरण गर्न थप रणनीति बनाउन सहयोग पुग्ने उद्देश्यले नाकामा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell