
काठमाडौं : चीनको नानजिङ शहरले काठमाडौंलाई कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ। चिनियाँ दूतावासका अनुसार नानजिङले काठमाडौंको लागि भनेर पीसीआर मेसिन र टेस्टिङ किटहरु सहयोग गरेको हो।
सोमबार एक कार्यक्रमबीच ती उपकरणहरु सम्बन्धित निकायका अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ।