
आनन्द एल राय र अक्षय कुमारको जोडी फेरि एकपटक ठूलो पर्दामा देखिने भएको छ। ‘अतरंगी रे’ पछि अक्षयले निर्देशक रायसँग ‘रक्षाबन्धन’ फिल्म खेल्ने भएका हुन्।
रक्षा बन्धनका दिन फिल्मको घोषणा गर्दै निर्देशक रायले भने यो फिल्मले सम्बन्धहरु अझै प्रगाढ बनाउने भन्दै भने, ‘फिल्मको कथा विशेष छ। यो सम्बन्धहरुको सेलिब्रेशन हो।’
अक्षय कुमारले भने यो फिल्मले बहिनी हुने मानिसहरु कति धन्य छ भनेर बुझाउने भन्दै फिल्मले दर्शकहरुलाई हसाउँनुका साथै रुवाउने समेत बताए।
यो फिल्म सन् २०२१ को नोभेम्बर ५ मा रिलिज हुने बताइएको छ।