PahiloPost

Jun 24, 2026 | १० असार २०८३

पूरा हुँदै मोदीको सपना, राम मन्दिर शिलान्यासका लागि जगमगाउँदै अयोध्या



पूरा हुँदै मोदीको सपना, राम मन्दिर शिलान्यासका लागि जगमगाउँदै अयोध्या
Photo : ANI

भारतको उत्तर प्रदेशमा रहेको अयोध्यामा अगस्ट ५ मा राम मन्दिरको शिलान्यास (भूमि पूजन) हुँदैछ। त्यसैको तयारी स्वरुप अहिले अयोध्यालाई फूल र बत्तीले सिंगारिएको छ।  

शिलान्यास कार्यक्रममा प्रधामन्त्री नरेन्द्र मोदी सहित भारतीय जनता पार्टीका नेता, केन्द्रीय मन्त्रिमण्डलका सदस्य, विभिन्न राज्यका राज्यपाल, मुख्यमन्त्री, मन्त्री सहित अधिकारीहरु आउने बताइएको छ। कोरोना कहरका कारण धेरै नेता र अधिकारीहरु भर्चुअल रुपमा नै सहभागी हुन सक्ने बताइएको छ।

मोदी अयोध्यामा बाबरी मस्जिद रहेको स्थानमा राम मन्दिर बनाउने पक्षमा थिए। रामको जन्म भएको स्थानमा रहेको मस्जिद हटाएर मन्दिर नै बनाउनुपर्ने अडान उनको पार्टी भारतीय जनता पार्टीले गर्दै आएको थियो।

मस्जिद हटाएर मन्दिर बनाउने विषयमा लामो समयदेखिको विवाद गत वर्षको नोभेम्बर ९ मा सर्वोच्च अदालतको फैसलासँगै समाधान भयो। अदालतले विवादित क्षेत्रमा राम मन्दिर नै बनाउन बाटो खुल्ला गरेपछि मोदीको अयोध्यामा राम मन्दिर बनाउने सपना पूरा हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell