PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

प्रदेश २ : सर्वपक्षीय बैठक सम्पन्न, आइसोलेसनमा पाँच सय शय्या थप गर्ने निर्णय



सुमित मिश्र

प्रदेश २ : सर्वपक्षीय बैठक सम्पन्न, आइसोलेसनमा पाँच सय शय्या थप गर्ने निर्णय

जनकपुरधाम : प्रदेश २ मा कोरोना महामारी नियन्त्रणका लागि तत्काल आइसोलेसनमा पाँच सय शय्या थपिने भएको छ। कोरोना महामारीले भयावह रुप लिन थालेपछि मुख्यमन्त्री लालबाबु राउतले आगामी रणनीति बारे छलफल गर्न बोलाएका सर्वपक्षीय बैठकले प्रदेशमा उपचार सहितको पाँच सय आइसोलेसन शय्या थप गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री निवासमा सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हालसम्म गरेका निर्णयहरु तत्काल कार्यान्वयका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समेत गरेको छ। कोरोना परीक्षणलाई तीव्रता दिन प्रादेशिक ल्याब जनकपुरधाममा आरएनए अटो एक्सट्रयाक्सन मेसिन जडान गर्नुका साथै सीमा नाकालाई थप कडा गर्ने निर्णय गरेको छ।

बैठकमा सामाजिक विकास मन्त्री नवल किसोर साह, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादव, विज्ञ समूहका सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव अर्जुन कुमार पोखरेल, डा राम केवल साह जीतेन्द्र कुमार यादव सहितको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell