PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

निषेधाज्ञा लागू भएपछि सुनसान बन्यो जनकपुर

निषेधाज्ञा लागू भएपछि सुनसान बन्यो जनकपुर

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : प्रदेश २ को अस्थाई राजधानी जनकपुरधाम निषेधाज्ञा लागू भएपछि सुनसान बनेको छ। कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले संक्रमण न्यूनीकरण र रोकथाम गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र मंगलवारदेखि सात दिनका लागि निषेधाज्ञा लागू गरेको हो।

निषेधाज्ञा लागू भएपछि यसअघि चहलपहल रहने गरेको जनकपुर बिहानैदेखि सुनसान देखिएको छ। उपमहानगरपालिकाभित्र सवारी साधन गुडेका छैनन् भने गर्मीका कारण पैदल हिँडडुल गर्ने पनि कम देखिएका छन्। यसैगरी औषधि पसल सञ्चालनमा रहे पनि अन्य पसल बन्द भएका छन्।

निषेधाज्ञाका कारण बजार पूर्णरुपले बन्द भएपछि जनकपुरमा मानिसको हिँडडुल र आवतजावतमा कमी आएको हो। पछिल्लो केही दिनयता जनकपुरसहितका क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।



ट्रेन्डिङ पोस्ट

Ncell