PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

भैंसेपाटी पुगेर वामदेवलाई प्रचण्डले सोधे : अब तपाईं के गर्नुहुन्छ?



भैंसेपाटी पुगेर वामदेवलाई प्रचण्डले सोधे : अब तपाईं के गर्नुहुन्छ?

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफू कुनै पनि गुटमा नलाग्ने जवाफ दिएका छन्।

गौतमका प्रेस सहयोगी विश्वमणी सुवेदीका अनुसार उनले मंगलवारको भेटमा आफू निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पारेका छन्।

'कमरेड प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ?’ भनी सोध्नुभयो।उपाध्यक्ष कमरेड वामदेव गौतमले ‘म ठूलोसानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष प्रचण्डलाई बिदा गर्नुभयो,' भेटबारे सुवेदीले भने।  

प्रचण्ड मंगलवार गौतम निवास भैंसेपाटी पुगेका थिए। दुई नेताबीच करिब ४० मिनेट कुराकानी भएको थियो। गौतमले साउन १३ गते पार्टीको समस्या समाधानका लागि भन्दै ६ बुँदे प्रस्ताव ल्याएका थिए।

उक्त प्रस्तावमा प्रधानमन्त्री  केपी शर्मा ओली ५ नै वर्ष नै प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्ष रहने उल्लेख छ। सोही प्रस्ताव ल्याएकै दिन प्रधानमन्त्री ओली वामदेव निवास पुगेका थिए।

त्यसपछि  गौतम प्रचण्ड-वरिष्ठ नेता माधवकुमार नेपाल कित्ताबाट ओली कित्तामा गएको विश्लेषण गरिँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell