PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

जनकपुर अस्पतालका आइसीयू प्रमुखले दिए राजीनामा



सुमित मिश्र

जनकपुर अस्पतालका आइसीयू प्रमुखले दिए राजीनामा

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरका आइसीयू प्रमुख संजय यादबले राजीनामा दिएका छन्।

प्रादेशिक अस्पतालको गैर जिम्मेवारीपनको पराकाष्ठा नाघेको भन्दै आइसीयू प्रमुखको पदबाट आफूले राजीनामा दिएको यादवले जनाएका छन्। उनले चार महिनाको अन्तरालमा समेत सुविधा सम्पन्न कोभिड आइसीयू खोल्न नसकेको र सिकिस्त कोरोना शंकास्पद बिरामीलाई पटक पटकको आग्रहको बाबजुद पनि जनरल आइसीयूमा अन्य बिरामीसँग राख्ने गरेको आरोप लगाएका छन्।

यथेष्ट सुरक्षा विना स्वास्थ्यकर्मीलाई दबाव सिर्जना गरी कामकाजमा खटाइने गरेको खुलासा उनले गरेका छन्।

सुरक्षा सामग्री बिना काम गराएकै कारण आइसीयूमा मात्रै २ जना उपचारत बिरामी, २ जना चिकित्सक, ८ जना स्टाफ नर्स र सरसफाई कर्मचारीसहित १३ जना कोरोना संक्रमित बनेको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell