PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

बढ्यो कोभिड १९ को संक्रमणका कारण मृत्यु हुनेको संख्या



बढ्यो कोभिड १९ को संक्रमणका कारण मृत्यु हुनेको संख्या

काठमाडौं: नेपालमा कोभिड १९ को संक्रमण बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार ५ जनाको कोभिड १९ संक्रमणका कारण निधन भएको पुष्टि गरेको हो।

बुधवार ४ जनाको र १७ गते एक जनाको गरी मन्त्रालयले एकै दिन ५ जनाको संक्रमणका कारण निधन भएको जनायो।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मोरङका रंगेली नगरपालीका वडा नं ८ का ४५ वर्षका पुरुषको साउन २१ गते निधन भएको बताए। मृतक पुरुष स्वासप्रस्वासमा समस्या आएपछि कोशी अस्पतालमा भर्ना भएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

मोरङको विराटनगर महानगरका ४५ वर्षका पुरुषको पनि साउन २१ गते नै संक्रमणका कारण मृत्यु भएको  छ। कोशी अस्पतालमा उनको मृत्यु भएको हो।

यसै गरी, सर्लाहीकी मलंगवा नगरपालिका वडा नं ८ की ६५ वर्षीया महिलाको पनि साउन २१ निधन भएको छ। सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उनको मृत्यु भएको हो।

धनुषाको मिथिला नगरपालीका वडा नं १० का ७२ बर्षीय पुरुषको साउन १७ गते ओम अस्पताल चाबहिलमा निधन भएको छ। उनी दम रोगीसमेत थिए।

सप्तरी रुपनी नगरपालीकाका ४२ पुरुषको पनि साउन २१ मृत्यु भएको छ। हालसम्म नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell