PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सडक मर्मतको माग गर्दै बसहिया रोडमा स्थानीयको चक्काजाम, ‘जनप्रतिनिधिले चासो देखाएनन्’



सुमित मिश्र

सडक मर्मतको माग गर्दै बसहिया रोडमा स्थानीयको चक्काजाम, ‘जनप्रतिनिधिले चासो देखाएनन्’

जनकपुरधाम : सडक मर्मतको माग गर्दै जनकपुरधामस्थित बसहिया रोडमा स्थानीयले चक्काजाम गरेका छन्।

माछा बजारदेखि बसहिया जाने मेन सडकमै सामान्य वर्षातमा पनि सडकको दुरावस्थाका कारण सर्वसाधारणले कठिनाई भोग्नु परेकोले बाध्य भई आज बिहानैदेखि चक्काजाम गर्नुपरेको स्थानीयले बताए। वर्षौंदेखि मर्मत नहुँदा यो सडकबाट आवागमन गर्ने यात्रु वर्षामा हिलाम्य सडकमा यात्रा गर्न बाध्य छन्।

बिरामी पुर्‍याउन हिँडेका एम्बुलेन्सलगायतका अन्य ठूदादेखि साना सबै किसिमका सवारी साधनहरु सडकमा जमेकोे पानीको दहमा फस्दा स्थानीयले सास्ती बेहोर्नु परेकाले सडकको स्तरोन्नतिका लागि उनीहरुले निरन्तर विरोधका कार्यक्रमहरु गर्दै आएका हुन्।

जनताले दुःख पाएकोले सरोकारवाला निकायको ध्यानाकर्षण गर्नका लागि चक्काजाम गरिएको स्थानीय युवा देवकुमारले बताए। सडकको बीचमै बनेका ठूला खाल्डामा पानी जम्दा स्थानीयले सास्ती खेप्दै आएको उनले बताए।

उनले भने, ‘हामीले निरन्तर विरोध गर्दा पनि स्थानीय जनप्रतिनिधिहरुले सडक मर्मतका लागि अहिलेसम्म कुनै चासो देखाएका छैनन्।’

चक्काजामका कारण आज बिहान सबै यात्रीहरु त्यस बाटो हुँदै पैदल यात्रा गर्न बाध्य भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell