PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

धनुषामा शंकास्पद संक्रमितको मृत्यु, स्वाब संकलन गरी शव व्यवस्थापन गर्दै सेनाको टोली



सुमित मिश्र

धनुषामा शंकास्पद संक्रमितको मृत्यु, स्वाब संकलन गरी शव व्यवस्थापन गर्दै सेनाको टोली

जनकपुरधाम : धनुषामा कोभिड-१९ को लक्षण देखिएका एक जनाको मृत्यु भएको छ। केही दिन यतादेखि रुघाखोकी, टाउको दुख्ने जस्ता लक्षण रहेको सो पुरुषको आइतबार मृत्यु भएको हो।

मिथिला विहारी नगरपालिका वडा नम्बर ५ घर रहेका सो पुरुषको मृत्यु भएपछि उनको शव व्यवस्थापनका नेपाली सेनाको टोली त्यता जान लागेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

विनयतारा फाउण्डेशनमा सेक्युरिटी गार्डको रुपमा विगत ५ महिनादेखि काम गर्दै आएका उनलाई गत ५ दिनदेखि रुखाखोकी, टाउको दुख्ने लगायतको समस्या रहेको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विनोद मण्डलले जानकारी दिए। उनका अनुसार उनी दैनिक आफ्नो गाउँ ललियाबाट कामका लागि जनकपुरधाम आवत जावत गर्दै आई रहेका थिए।

मृतकको शव अहिले विनयतारा फाउण्डेशनमा रहेको छ। उनको शवको व्यवस्थापनको प्रकृया अगाडी बढाइए पनि संक्रमणको पुष्टी नभएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । उनका अनुसार मृतकको स्वाब संकलन गरी व्यवस्थापन गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell