PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

अख्तियारको नियन्त्रणमा विद्युत प्राधिकरणका ढल्केबर ग्रीडका प्रमुख



सुमित मिश्र

अख्तियारको नियन्त्रणमा विद्युत प्राधिकरणका ढल्केबर ग्रीडका प्रमुख

जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, धनुषा ढल्केबर ग्रीड शाखाका कार्यालय प्रमुख रितेश गुप्तालाई नियन्त्रणमा लिएको छ। अख्तियारको टोलीले गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपैयाँ बराबरको कार्यालयका चेकहरुसहित पक्राउ गरेको हो।

कार्यालय प्रमुख गुप्तालाई शनिबार अख्तियार दुरुपयोग बर्दिबासको टोलीले सिन्धुलीबाट पक्राउ गरेको हो। गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित बिभिन्न योजनाहरुको भुक्तानी दिन भनी पहिले नै चेककाटी उक्त चेकहरु लिएर काठमाडौं जान लागेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले जनाएको छ।

गुप्तालाई सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ९ बाट कार्यालयका चेकहरु तथा सोसँग सम्बन्धित कागजातहरु सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell