PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

कोभिड-१९ : मिल्दोजुल्दो लक्षण देखिएर मृत्यु भएका पुरुषको रिपोर्ट पोजेटिभ



सुमित मिश्र

कोभिड-१९ : मिल्दोजुल्दो लक्षण देखिएर मृत्यु भएका पुरुषको रिपोर्ट पोजेटिभ

जनकपुरधाम : धनुषामा कोभिड-१९ को कारण थप एकजनाको मृत्यु भएको छ। कोभिड-१९को जस्तै लक्षण देखिएर आइतवार मृत्यु भएका एक जना पुरुषमा आज मृत्युपश्चात कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

केही दिनदेखि रुघाखोकी, टाउको दुख्नेजस्ता लक्षण देखिएपछि आइतवार मृत्यु भएका पुरुषमा संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

मृतक धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का हुन्। विनयतारा फाउन्डेसनमा सेक्युरिटी गार्डको रुपमा विगत ५ महिनादेखि काम गर्दै आएका ती पुरुषमा करिब ५ दिनदेखि रुघाखोकी, टाउको दुख्नेलगायतको समस्या देखिएको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विनोद मण्डलले बताए।

मृतक दैनिक आफ्नो गाउँ ललियाबाट कामका लागि जनकपुरधाम आउजाउ गर्दै आइरहेका थिए। उनको मृत्युसँगै धनुषामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या २ जना पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell