PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'प्रकाश सुवेदीलाई माफ गर' भन्ने जमातलाई रीमाको कडा रिप्लाई



'प्रकाश सुवेदीलाई माफ गर' भन्ने जमातलाई रीमाको कडा रिप्लाई

कार्यक्रम रजतपटमा दिएको अभिव्यक्तिको व्यापक आलोचना भएपछि टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीले सोमबार माफी मागे। आफूले कार्यक्रममा 'दाह्रा' शब्दको प्रयोग गर्न नहुने भन्दै गल्ती भएको भन्दै उनले क्षमायाचना गरेका थिए।

तर, 'दाह्रा' शब्दको प्रयोग गरेकाले मात्रै माफी मागेको भन्दै सुवेदीले 'घमन्ड र दम्भसहित राष्ट्रिय टेलिभिजनमा सम्पूर्ण कलाकारको अपमान गरेको' नायिका पूजा शर्माले बताइन्। सुवेदीले पूजा शर्मालाई नै लक्षित गरी कार्यक्रममा अभिव्यक्ति दिए पनि पछि भने 'प्रतिकात्मक' रुपमा उक्त शब्दहरु भनेको प्रस्टिकरण दिएका थिए।

पूजा शर्माले सुवेदीको माफीले आफू आशर्चय भएको बताएपछि अन्य अभिनेत्रीहरुले पनि उनको साथ दिइरहेका छन्। नायिका रीमा विश्वकर्माले पनि फेसबुकमा स्टाट्स लेख्दै  सुवेदीलाई माफी दिनुपर्ने भन्दै उनको पक्षमा खुलेका मानिसहरुप्रति प्रश्न तेर्साएकी छिन्।

रीमाले लेखेकी छिन्, 'अहो! भो अब छाडिदिउ न। माफी माग्नुभो रे त। हामीहरु सुन्न, सहन अनि माफी दिन त पोख्त नै छौँ नि। पुस्तौ पुस्तादेखि माफी दिँदै आएका त हौँ नि। फेरि एकपटक माफी दिँदा के नै जाने हो र! यसै पनि त्याग, सहनशीलता र न्यायको त प्रतिमूर्ति नै हौं नि। कठै कसैको छोरा, श्रीमान्, दाजु, भाइ, बुबा पो हुन् त बरै। सहन जति महान् छौँ, माफी पनि दिएर महानताको सधै झै उदाहरण बनौं अनि बनिराखौँ है। किमार्थ नचुकौँ है। वुमन कार्ड्कै प्रयोग गर्नै पर्ने भो नि माफी दिन पनि। ल है वुमन/ भिक्टिम अनि खै के के कार्डको साख राख्न पनि माफी दिऔँ है।'

यसअघि पूजालाई लक्षित गर्दै कार्यक्रममा अभद्र टिप्पणी भएपछि पनि रीमाले कुनैपनि प्रकारको भेदभाव,दुर्व्यवहार,मानहानीविरुद्ध सँगै उभिने बताएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell