PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कोरोना प्रभाव : काठमाडौं विश्वविद्यालयले अति आवश्यकबाहेक अन्य सेवा स्थगित गर्‍यो



कोरोना प्रभाव : काठमाडौं विश्वविद्यालयले अति आवश्यकबाहेक अन्य सेवा स्थगित गर्‍यो

काठमाडौं : लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं विश्वविद्यालयले अति आवश्यक सेवा बाहेकका अन्य सम्पूर्ण कार्यहरु १५ दिनका लागि स्थगन गरेको छ। विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा सुबोध शर्माले एक विज्ञप्ती जारी गर्दै साउन २७ गते दुखि विश्वविद्यालय र यस मातहत रहेको स्कुल अफ मेडिकल साइन्स बाहेकका अन्य स्कुलहरुमा अति आवश्यक बाहेक अन्य सेवाहरु स्थगन गरिएको जनाएका हुन्।

विश्वविद्यालयले संचालन गरिरहेको अनलाइन कक्षा भने यथावत् रुपमा संचालन भइरहने शर्माले जनाएका छन्।

बनेपा र धुलिखेलमा कोरोना संक्रमणको अवस्था बढ्न सक्ने भन्दै विश्वविद्यालयले पूर्व सावधानी स्वरुप यो निर्णय लिएको हो। सेवाहरु स्थगित रहेको अवस्थामा विश्वविद्यालयका विद्यार्थी,प्राध्यापक र कर्मचारीहरुलाई सुरक्षा सतर्कता अपनाउन आग्रह समेत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell