PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीमा देखियो कोरोना संक्रमण



भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीमा देखियो कोरोना संक्रमण
Photo : NDTV/PTI

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी कोरोना भाइरसबाट संक्रमित भएका छन्। ट्वीट गर्दै उनले आफूमा कोभिड १९ पोजेटिभ देखिएको बताएका हुन्।

८४ वर्षीय पूर्व राष्ट्रपतिले आफू अन्य कारणले अस्पताल गएको तर परीक्षणका क्रममा संक्रमण पुष्टि भएको बताएका हुन्।  

 

आफूमा संक्रमण पुष्टि भएसँगै मुखर्जीले गत हप्तादेखि आफूसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन र आइसोलेट हुन आग्रह गरेका छन्।

पछिल्लो केही समययता भारतमा राजनीतिज्ञहरुमा कोरोना संक्रमण देखिने क्रम बढ्दै गएको छ। भारतीय गृहमन्त्री अमित शाह, मध्यप्रदेशका मुख्यमन्त्री शिवसिंह राज चौहान, कर्नाटकका मुख्य मन्त्री बीएस यदुरप्पा लगायतमा समेत संक्रमण देखिएको थियो।

भारतमा २२ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell