PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

काेभिड-१९ बाट काठमाडाैंका दुईसहित थप चार जनाकाे मृत्यु



काेभिड-१९ बाट काठमाडाैंका दुईसहित थप चार जनाकाे मृत्यु

काठमाडौं :  कोभिड-१९ संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। काठमाडौंका दुई जनासहित थप चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मृत्यु हुनेहरुमा बाँके कोहलपुर नगरपालिका वडा २ का एक जना रहेका छन्। ७० वर्षीया ती वृद्धाको साउन २५ गते नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। उनी उच्च रक्तचापको बिरामी थिइन्।

त्यसैगरी पर्साको देवियानी गाउँपालिकाकी ४५ वर्षीया महिलाको पनि संक्रमणबाट निधन भएको छ। साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा उनको निधन भएको हो।

कोभिड-१९ संक्रमणबाट काठमाडौं मध्यबानेश्वरका ७६ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। ती पुरुषको साउन २६ गते मेडीकेयर अस्पतालमा निधन भएको हो।

काठमाडौंकै कीर्तिपुरका ६४ वर्षीय एक पुरुषको पनि निधन भएको छ। उनको  साउन २६ गते निधन भएको छ।

कोभिडका कारण निधन हुनेको संख्या ७९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell