PahiloPost

May 15, 2025 | २ जेठ २०८२

निषेधाज्ञाको समयमा हतियार बेच्न आएका एक जना पक्राउ, पेस्तोल मगाउनेको खोजी हुँदै



सुमित मिश्र

निषेधाज्ञाको समयमा हतियार बेच्न आएका एक जना पक्राउ, पेस्तोल मगाउनेको खोजी हुँदै

जनकपुरधाम : बिक्रीको लागि ल्याएको पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० बाह्रबिघाबाट धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नं. ३ का २१ वर्षीय सुजित यादवलाई हतियारसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

उनका अनुसार यादवलाई कालो रंगको प्लाष्टिकको झोलामा चिनीभित्र लुकाई राखेको ४.५ लेखिएको अटोमेटिक पेस्तोल १ थान र त्यसमा लाग्ने म्याग्जिन एक थानसहित नियन्त्रणमा लिएको हो।

जनकपुरधाममा निषेधाज्ञा जारी रहेको समय हतियार बेच्न आएका यादवलाई प्रहरीले गोप्य सूचनाको आधारमा बाह्रबिघाबाट नियन्त्रणमा लिएको बताइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र पेस्तोल खरिद गर्न खोज्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell