PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

यी हुन् मन्त्रिपरिषदका पछिल्ला निर्णयहरु : बैंकमा ५० प्रतिशतमात्रै कर्मचारी, होटल रेस्टुराँमा 'टेक अवे' सेवा



यी हुन् मन्त्रिपरिषदका पछिल्ला निर्णयहरु : बैंकमा ५०  प्रतिशतमात्रै कर्मचारी, होटल रेस्टुराँमा 'टेक अवे' सेवा

काठमाडौं :  सरकारले कोभिड-१९ को संक्रमणका संक्रिय संक्रमित २०० भन्दा बढी रहेका जिल्ला र काठमाडौं उपत्यकाका जिल्लाका सरकारी तथा गैरसकारी संस्थाहरु, कार्यालयहरुले विद्युतीय माध्यमबाट कार्य सञ्चालन गर्ने निर्णय गरेको छ।

सोमवारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले बैंक तथा वित्तिय संस्थामा ५० प्रतिशत कर्मचारीले सेवा प्रदान गर्ने निर्णय भएको जानकारी दिए।

'बैंक, सहकारी, लघुवित्त लगायतका संघ संस्थालगायतका सेवा प्रवाह गर्ने कार्यालय, निकायहरुले विद्युतीय माध्यबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने। सेवा प्रवाहका लागि बढीमा ५० प्रतिशत कर्मचारी आलोपालो गर्ने। अन्य कर्मचारीले सुरक्षित रुपमा तोकिएका काम घरबाटै गर्ने। त्यस्तो व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने,' मन्त्री खतिवडाले भने।

बढी जनसम्पर्क हुने कार्यालयका सेवा अनलाइनबाट सम्भव नदेखिए अर्को निर्णय नभएसम्म बन्द गर्ने उनले बताए।

मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडा

सोमवार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडा

Posted by PahiloPost on Tuesday, August 11, 2020

यसअघि साउन ५ गतेको मन्त्रिपरिषदको बैठकले होटल रेष्टुरेन्ट र ट्राभल टेकिङ खोल्ने भनिएको थियो। अब कोरोना महामारी बढेकोले होटल रेन्टुरेन्टमा तयार भएको खाना 'टेक अवे'मात्रै रहने प्रवक्ता खतिवडाले जानकारी दिए।

सरकारले छोटो, मध्यम र लामो दुरीको जिल्ला र अन्तर जिल्ला निजी तथा सार्वजनिक यातायात भदौ १६ गतेबाट मात्र सञ्चालनमा ल्याउने निर्णय गरेको छ। यसअघि भदौ १ गतेबाट अन्तर जिल्ला र लामो दुरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो।

त्यस्तै शैक्षिक संस्था, सिनेमा हल, पार्टी प्यालेस अर्को सुचना नभएसम्म बन्द रहने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell