PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रदेश २ मा थप १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि



सुमित मिश्र

प्रदेश २ मा थप १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम : प्रदेश नम्बर २ मा थप १ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा प्रदेश २ का १ सय ७४ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए। योसँगै प्रदेशमा संक्रमितको संख्या ६ हजार ६८ पुगेको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, रौतहटमा ४०, सर्लाहीमा २१, धनुषामा १८, महोत्तरीमा १०, सिरहामा ९, बारामा ७ र सप्तरीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पर्साको वीरगंजमा २४ जना, छपकैयामा ६ जना, बिर्तामा १० जना, आदर्शनगरमा २, माईस्थानमा ३, नारायणी अस्पतालको क्वार्टरमा ४, नेसनल मेडिकल कलेजमा ३, जिल्ला प्रहरी कार्यालय पर्सामा १, जगरनाथपुर गाउँपालिका खालुचरीमा २, वडा प्रहरी विर्तामा ८, धोविनी गाउँपालिकामा १, वीरगंज कृषि सामग्री लिमिटेडका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै, रौतहटको राजदेवी नगरपालिकामा १, गौर नगरपालिकामा ११, कटहरिया नगरपालिकामा ९ र ठाउँ नखुलेको स्थानका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सर्लाहीको मलङ्गवा नगरपालिकामा २१ जना, धनुषाको जनकपुरधाममा ७ जना, मुक्तिनाथ बैंकका ६ जना कर्मचारी, नेपाल बंगलादेश बैंक र राष्ट्रिय वाणिज्य बैंकका एक/एक जना, हंसपुर नगरपालिका, जनकनन्दिनी गाउँपालिकाको क्वारेन्टाइन, मंसुरी र धमगीका एक/एकजनामा कोरोना संक्रमण पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए।

प्रादेशिक अस्पताल जनकपुरमा रहेका महोत्तरीको जलेश्वर नगरपालिकाका २ जना, भंगहा नगरपालिकाका १ जना, जलेश्वर अस्पतालका २ जना, जलेश्वर नगरपालिकाका २, जिल्ला प्रशासन कार्यालय जलेश्वरका १, मटिहानी नगरपालिकाका १ र प्रादेशिक अस्पतालमा रहेका पिपरा गाउँपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सिरहामा जलेश्वर अस्पतालमा रहेका एकजना र सुखीपुर नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बाराको इतियाही, विश्रामपुर गाउँपालिकाका १ जना, नकटुवाका १, पथलैयाका १, जीतपुर सिमराका ३ र सशस्त्र प्रहरी बल, नीजगढका १ र सप्तरीको हनुमाननगर कंकालिनी गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६ महिला सहित २९ जना निको भएर आफ्नो घर फर्केका छन्। निको भएर डिस्चार्ज हुनेको संख्या ३ हजार ४ सय १२ पुगेको छ भने ३० जनाको कोरोनाको कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell