PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

रुघाखोकी लागेको दश दिनपछि जाँच गर्दा देखियो कोभिड-१९ संक्रमण, अस्पताल ल्याउँदाल्याउँदै गयो ज्यान



सुमित मिश्र

रुघाखोकी लागेको दश दिनपछि जाँच गर्दा देखियो कोभिड-१९ संक्रमण, अस्पताल ल्याउँदाल्याउँदै गयो ज्यान

जनकपुरधाम : कोरोनाको संक्रमणबाट सप्तरीमा एकजना पुरुषको मृत्यु भएको छ। गए राति सप्तरीको राजविराज नगरपालिका वडा नं. ६ का ७२ वर्षीय पुरुषको मृत्यु भएको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजका निमित मेसु रंजित झाले जानकारी दिए।

करिब १० दिनदेखि रुघाखोकी तथा ज्वरो लागेका पुरुषको कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको झाले बताए। मृतक थाइराइड तथा मुटु सम्बन्धी रोगी रहेको निमित मेसु झाले बताए।

मृतक कुनै कन्ट्याकट ट्रेसिङमा परेका थिएनन्। सप्तरीको राजविराजमा समुदाय स्तरमा कोरोना फैलिसकेको छ भने अहिले राजविराजसहित सप्तरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell