PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोभिड-१९ : मृत्यु भएको दुई दिनपछि संक्रमण पुष्टि, मलामी गएकाहरुको खोजी हुँदै



कोभिड-१९ : मृत्यु भएको दुई दिनपछि संक्रमण पुष्टि, मलामी गएकाहरुको खोजी हुँदै

जनकपुरधाम :  महोत्तरीमा एक जना मृतकमा दाहसंस्कारपछि संक्रमण पुष्टि भएको छ। महोत्तरीको मठियानी नगरपालिका वार्ड नं ६ का एक जना ४५ वर्षीय पुरुषको दुई दिन अगाडि मृत्यु भएको थियो।

मधुमेह र फोक्सोका रोगी रहेका उनको उपचारको क्रममा जनकपुरस्थित जानकी हेल्थ केयरमा मृत्यु भएको थियो। उपचारकै क्रममा उनको स्वाब लिइ जाँचको लागि प्रयोगशालामा पठाएको थियो।

उनको मृत्यु पछि दाहासंस्कार भइसकेको छ। मंगलबार महोत्तरीमा ११ जनामा संक्रमण पुष्टि भएको थियो। जसमध्ये मृतकमा पनि संक्रमण पुष्टि भएको छ।

यता मृतकको दाहसंस्कारमा गएका ५० जनाभन्दा बढी व्यक्तिहरुलाई होमक्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ भने मठियानीको बजार क्षेत्र र ६ नं वडालाई सिल गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell