PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

काठमाडौं उपत्यकामा थपिए १३८ संक्रमित, ५ जनाको मृत्यु



काठमाडौं उपत्यकामा थपिए १३८ संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं : काठमाडौं उपत्यकामा बुधवार थप १३८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १०९ जनामा संक्रमण देखिएको छ। यस्तै, ललितपुरमा २१ जनामा र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको छ। यससँगै उपत्यकामा संक्रमितको संख्या १४५१ पुगेको छ।

बुधवारसम्म काठमाडौंमा १ हजार १६७ जना ललितपुरमा १८० जना र भक्तपुरमा १०४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

हाल फेला परेका अधिकांश संक्रमितहरुमा कोरोनाको लक्षण रहेको बताइएको छ। उपत्यकामा दैनिक रुपमा संक्रमितको संख्यामा बृद्धि भइरहँदा सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गर्दै आएका छन्।

आजमात्रै उपत्यकामा ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको साउन २८ गते किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यस्तै, धादिङको निलकण्ठ नगरपालिकाका ३२ वर्षका पुरुषको साउन २७ गते ह्याम्स अस्पतालमा निधन भएको छ। यस्तै बारा कलैयाका ६५ वर्षीय पुरुषको पनि किस्ट मेडिकल कलेजमा नै मृत्यु भएको छ।

धनुषाको जनकपुर उपमहानगरपालिकाका ७२ वर्षका पुरुषको मंगलवार मेडिसिटी अस्पतालमा मृत्यु भएको छ। धनुषा जनकपुर उपमहानगरकै ३८ बर्षीया महिलाको पाटन अस्पतालमा मृत्यु भएको मन्त्रालयले जनाएका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell