PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रदेश २ मा आज २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि



सुमित मिश्र

प्रदेश २ मा आज २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम : प्रदेश २ मा आज थप २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितको संख्या ६ हजार २ सय ८९ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

यता, स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा भने प्रवक्ता जागेश्वर गौतमले प्रदेशमा दुईमा १४६ जनामा मात्रै संक्रमण पुष्टि भएको तथ्यांक प्रस्तुत गरेका थिए।

स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार आज सबैभन्दा बढी सप्तरीमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, महोत्तरीमा ४३, सर्लाहीमा ४२, धनुषामा ३९, बारामा ३५, रौतहटमा २७, सिरहामा २४ र पर्सामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सप्तरीको रुपनी गाउँपालिकामा ५ जना, तिलाठी कोइलाडी गाउँपालिकामा ६, सप्तकोशी नगरपालिकामा १, डाक्नेश्वरी नगरपालिकामा १, राजविराज नगरपालिकामा ३० र हनुमाननगर कंकालिनी गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 
महोत्तरीको जलेश्वर नगरपालिकामा ९, मालपोत कार्यालय जलेश्वरमा २८, लोहरपट्टी नगरपालिका, बलवा नगरपालिका, जलेश्वरनगरपालिका, महोत्तरी गाउँपालिका, महोत्तरीकै प्रादेशिक अस्पतालमा रहेका र ठाउँ नखुलेको स्थानका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, सर्लाहीको मलगङ्गवा नगरपालिकामा १, बरहथवामा १, चन्द्रनगरमा १, नकैलवामा १ र ठाउँ नखुलेको स्थानका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै, धनुषामा जनकपुरधाममा ९, नगराईन नगरपालिकामा ६, धनौजी गाउँपालिकामा १३, स्पर्श नेपालमा कार्यरत जनकपुरका २, रानी बगिया ३ घर भई प्रादेशिक अस्पतालमा रहेका १, प्रादेशिक अस्पतालका ५, धनुषाधाम नगरपालिकाका १ र ठाउँ नखुलेको स्थानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बाराको सिमरामा ११, जीतपुरमा ५, कलैयामा १, देवतल गाउँपालिकामा ६, कोल्हवी नगरपालिकामा ३, कटहरियामा ५ र ठाउँ नखुलेको स्थानका ४ जनामा संक्रमण पुष्टि भएको हो। रौतहटको चन्द्रपुर नगरपालिकामा १, गुजरा नगरपालिकामा ८, बौधिमाई नगरपालिकामा १, परोहा नगरपालिकामा ७, गरुडा नगरपालिकामा २ र ठाउँ नखुलेको स्थानका ८ जनामा संक्रमण पुष्टि भएको हो।

सिरहाको गोलबजार नगरपालिकामा २, सिरहा नगरपालिकामा ११, धनगढीमाई नगरपालिकामा १, सुखीपुरमा ८, सखुवामा १ र ठाउँ नखुलेको स्थानका १ जनामा संक्रमण पुष्टि भएको छ भने पर्साको वीरगंजमा २ जना र ठाउँ नखुलेको स्थानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा कोरोनाबाट २ जनाको मृत्यु भएको छ। यससँगै प्रदेशमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ। आज ५ महिलासहित १६ जना निको भएर घर फर्केका छन्। यस सँगै निको हुनेको संख्या ३ हजार ४ सय ४८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell