PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

स्वचालित पेसी व्यवस्थापन लागूबारे अध्ययन गर्न सर्वोच्चले बनायो समिति, संयोजकमा दीपककुमार कार्की



स्वचालित पेसी व्यवस्थापन लागूबारे अध्ययन गर्न सर्वोच्चले बनायो समिति, संयोजकमा दीपककुमार कार्की

काठमाडौं : सर्वोच्च अदालतले स्वचालित पेसी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको छ। वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा समिति गठन भएको हो।

सर्वोच्च र उच्च अदालतमा स्वचालित पेसी व्यवस्थापन लागू गर्न नेपाल बार एशोसिएसनले माग गर्दै आएको छ। यस्तै, केही दिनअघि बारकै पूर्व अध्यक्ष र वरिष्ठ अधिवक्ताहरुले समेत स्वचालित पेसी व्यवस्थापन लागू गर्न माग गरेका थिए।

समितिलाई एक महिनाको समय दिइएको छ। न्यायपालिका सुधारका लागि गठित विभिन्न प्रतिवेदनले पनि स्वचालित पेसी व्यवस्थापनको सुझाव दिएका छन्।

कार्कीको संयोजकत्वमा गठित समितिमा न्यायाधीशद्वय हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य छन्। यस्तै, समितिमा सर्वोच्चका रजिष्ट्रार, नायब महान्यायाधिवक्ता, नेपाल बार एशोसिएशनका अध्यक्ष, सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष सदस्य छन्। सर्वोच्चका सूचना प्रविधि महाशाखाका सहरजिष्ट्रारलाई समितिको सदस्य सचिव तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell