PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

सवारी पास वितरण नगर्न गृह मन्त्रालयको निर्देशन



सवारी पास वितरण नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौ : गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण नगर्न निर्देशन दिएको छ।

कोरोना भाइरसको संक्रमणपछि विभिन्न समयमा मन्त्रिपरिषद्को निर्णय बमोजिम कार्यालयहरुले सवारी पास उपलब्ध गराउँदै आएकोमा अर्को सूचना जारी नभएसम्म त्यस्ता पास वितरण नगर्न मन्त्रालयले निर्देशन दिएको हो।

लकडाउन अन्त्य भएपछि कोरोना संक्रमितको संख्या बढेसँगै संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले उक्त निर्णय लिएको  जनाइएको छ।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell