PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

अफगानिस्तानमा तालिबानी लडाकूहरु रिहा गर्दा बढ्यो हिंसा : ४४ जनाको मृत्यु



अफगानिस्तानमा तालिबानी लडाकूहरु रिहा गर्दा बढ्यो हिंसा : ४४ जनाको मृत्यु
तस्विर : सिन्ह्वा

अफगानिस्तानको विभिन्न क्षेत्रमा भएको हिंसामा ४४ जनाको मृत्यु भएको छ। सरकारले थुनामा रहेका तालिबानी लडाकूहरुलाई रिहा गरिरहेका हिंसात्मक गतिविधिहरु बढ्दै गएको हो।

स्थानीय संचारमाध्यमका अनुसार मृत्यु हुनेमा अधिकांश तालिबानफहरु नै रहेका छन्। केही स्थानमा भने सुरक्षाकर्मीको समेत मृत्यु भएको छ।

अफगानिस्तान सरकारले गत आइतबारदेखि मंगलवारसम्म थुनामा रहेका कैदीहरु रिहा गर्ने मिति तय गरेको थियो।

त्यसक्रममा करिब ४०० जना तालिबानी लडाकूहरुलाई रिहा गरिएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell