PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कोरोना भाइरसबारे 'गलत सूचना' का कारण विश्वभर ८०० मानिसको मृत्यु



कोरोना भाइरसबारे 'गलत सूचना' का कारण विश्वभर ८०० मानिसको मृत्यु
Photo : Unicef Nepal

कोरोना भाइरससँग सम्बन्धित ‘गलत सूचना’ का कारण विश्वभर करिब ८०० मानिसको मृत्यु भएको अनुसन्धानकर्ताहरुले जनाएको छ।

बिबिसिका अनुसार अमेरिकन जर्नल अफ ट्रपिकल मेडिसिन एन्ड हाइजिनमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उक्त दाबी गरिएको हो।

मृतकमध्ये धेरै मेथानोल र अलकोहल मिलाइएको वस्तु सेवन गरेको बताइएको छ। स्यानिटाइजरजस्ता उत्पादनहरुको सेवन गर्नाले कोरोना भाइरसबाट बच्ने गलत सूचनाले मानिसहरु प्रभावित भएको अनुसन्धानमा उल्लेख गरिएको छ।

अध्ययनका क्रममा ५ हजार ८ सय व्यक्ति गलत सूचनाकै आधारमा अस्पतालमा भर्ना गरिएको पाइएको थियो। सामाजिक संजालको प्रयोग र नियमनको अभावका कारण गलत सूचनाहरु भाइरल हुँदा समस्था थप जटिल हुन गएको छ। 

विश्व स्वास्थ्य संगठनले पनि कोरोना कहरबीच फैलिरहेको गलत सूचना आफैमा भाइरस भएको बताइसकेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell