PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

न्यूजिल्यान्ड थप १४ जनामा कोरोना संक्रमण पुष्टि



न्यूजिल्यान्ड थप १४ जनामा कोरोना संक्रमण पुष्टि
PHOTO : NBC NEWS

न्यूजिल्यान्डमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १०२ दिनसम्म कोरोनाको ‘जिरो केस’ रहेको न्यूजिल्यान्डमा गत मंगलवार मात्रै ४ जनामा कोभिड १९ पोजेटिभ देखिएको थियो। त्यस लगत्तै अकल्यान्डमा लकडाउन घोषणा गरिएको थियो।

नयाँ संक्रमितहरुमध्ये १३ जना पहिला पहिचान भएका संक्रमितको परिवारकै भएको बताइएको छ। एक जना भने बाहिरबाट आएर क्वारेन्टाइनमा बस्दै आएका व्यक्ति रहका छन्।

‘हामीले अहिलेको अवस्थालाई निकै गम्भिर रुपमा हेरिरहेका छौं,’ संक्रमित पहिचान भएपछि प्रधानमन्त्री जसिन्डा अड्रेनले भनिन्, ‘ यसलाई चाँडै समाधान गर्नुपर्नेछ तर धैर्यता पूर्वक।’

संक्रमण पुष्टि भएका सबैलाई हाल क्वारेन्टाइनमा पठाइएको छ।  उनीहरुसँग सम्पर्कमा आएकहरुलाई पनि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ।

१०२ दिनसम्म संक्रमण मुक्त रहेको न्यूजिल्यान्डमा फेरि संक्रमित पहिचान भएको बारेमा हाल विज्ञहरुले अनुसन्धान गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell