PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

समाजवादी पार्टीका सांसद डा. यादवसहित ४८ जना संक्रमित



सुमित मिश्र

समाजवादी पार्टीका सांसद डा. यादवसहित ४८ जना संक्रमित

जनकपुरधाम : धनुषामा जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवसहित ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा बालरोग विशेषज्ञ समेत रहेका प्रतिनिधिसभा सदस्य डा.यादव सहित ४८ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।

जनकपुरधामस्थित जानकी हेल्थ केयरमा कार्यरत एक अन्य एक चिकित्सिक सहित ४ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

त्यस्तै जनकपुरधामस्थित मुक्तिनाथ विकास बैंकका थप ३ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ। मुक्तिनाथ विकास बैंकका केही कर्मचारीमा यसअघि पनि कोरोना संक्रमण पुष्टि भएको थियो। बैंकका कर्मचारीहरुको संक्रमण रिपोर्ट ढिला आउँदा अन्य कर्मचारीहरुमा संक्रमण देखिएको हो।

यस्तै अन्य जनकपुरधाम उपमहानगरमा २२ जना, धनुषा मिथिला बिहारी नगरपालिकामा १ जना, बटेश्वर गाउँपालिकामा १ जना, हंसपुर नगरपालिकामा १ जना, मुखियापट्टी गाउँपालिकामा १ जना, जमुनीवासमा १ जना, मिथिला नगरपालिकामा ६ जना, धनौजी गाउँपालिकामा १ जना र लक्ष्मीनिया गाउँपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयागशालाले जनाएको छ।

त्यस्तै महोत्तरीको जलेश्वर नगरपालिकामा १७ जना, औरही नगरपालिकामा १ जना र पिपरा गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell