PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका प्रमुखमा कोरोना संक्रमण पुष्टि



सुमित मिश्र

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका प्रमुखमा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर जाँच गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रमुख पजियारले शुक्रवार पीसीआर जाँच गराएका थिए। प्रमुख पजियार होम आइसोलेसनमा रहेका छन्। उनमा कोरोनाको संक्रमण पुष्टि भएपनि लक्षण भने नदेखिएको प्रमुख पजियारले बताए।

उनले भने, ‘मलाई हलुका फिवर आएको थियो, पीसीआर जाँच गराउँदा कोरोना संक्रमणको पुष्टि भएको हो। ममा कोरोना संक्रमणको पुष्टि भएपनि अहिले त्यस्तो कुनै लक्षण देखिएको छैन, म अहिले होम आइसोलेसनमा छु।’

उनले पछिल्लो केही दिन यता आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई पनि पीसीआर जाँच गराउन आग्रह समेत गरेका छन्।

प्रमुख पजियारसँगै क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ का ४८ वर्षीया एक महिलामा संक्रमण देखिएको छ।

यता, महोत्तरीको भंगहा नगरपालिकाका एक वडाध्यक्षमा समेत कोरोना संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell