PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जलेश्वर अस्पतालमा ५ वटा भेन्टिलेटर जडान, तर जनशक्ति अभावले पूर्ण सेवा प्रभावित



सुमित मिश्र

जलेश्वर अस्पतालमा ५ वटा भेन्टिलेटर जडान, तर जनशक्ति अभावले पूर्ण सेवा प्रभावित

जनकपुरधाम : महोत्तरीको जलेश्वर अस्पतालले भेन्टिलेटरसहितको पाँच बेडको आईसीयू सञ्चालनमा ल्याएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पाँच बेडको भेन्टिलेटर सेवा सुरु भएको हो।

भेन्टिलेटर राखिए पनि दक्ष जनशक्ति अभावले पूर्ण सेवा प्रवाह हुनेमा अस्पतालले नै आशंका जनाएको छ। कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई जुनसुकै बेला भेन्टिलेटर आवश्यक पर्न सक्ने भएकोले जलेश्वर अस्पतालले भेन्टिलेटरसहितको आईसीयू सञ्चालनमा ल्याएको हो। अस्पतालको आइसोलेसनमा हाल ४२ जना पुरुष उपचाररत छन्। यसमध्ये चार–पाँचजनामा कोरोनाको लक्षण देखिएको छ।

अस्पतालको भेन्टिलेटरसहितको आईसीयूमा एकजना मात्रै चिकित्सक छन्। यसकारण आईसीयू पूर्ण रूपमा सञ्चालन गर्न नसकिने जलेश्वर अस्पतालका अध्यक्ष सुरेश पाण्डेयले बताए। उनले प्रदेश सरकारसँग एमडी एनेस्थेसिया, एमडी इन्टरनल मेडिसिन, तालिमप्राप्त नर्सिङ स्टाफलगायत माग गरे पनि उपलब्ध नभएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell